
काठमाडौं । महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ कुपण्डोलमा आयोजित एक कार्यक्रममा डस्वीन वितरण गरिएको छ । उक्त कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायद्वारा बैंकले उपलव्ध गराएको १०० थान डस्वीन महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ लाई संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
स्थानीय नागरिकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आफ्नो नगरटोल लाई सुरक्षित तथा सफा हरावरा बनाउने दायित्व त्यहाँ बस्ने नागरिकको पनि भएकोले हामीहरुले आफनो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्यौ भने भोली टोल सफा हुन्छ, टोल सफा र सुरक्षित हुँदा हामीहरुको सोचमा सकरात्मक परिवर्तन भै उत्कृष्ठ समाजको रुपमा हामी हाम्रो टोललाई चिनाउन सक्ने कुरा बताएका छन् । त्यसैगरी, ५२ वर्ष अगाडि कृषकहरुको आर्थिक सम्बृद्धीका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधि मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जानकारी दिएका छन् ।
नेपालमा सबैभन्दा बढी शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनीहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तर रुपमा गर्दै आईरहेको समेत बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि तथा महिला वातवरण संरक्षण समितिका अध्यक्ष विष्णु थकालीले वातवरण संरक्षण तथा सरसफाई गर्ने कार्य जीवनसंगै निरन्तर चलिरहने प्रकृया भएकोले यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन गर्दै यसलाई अभियानका रुपमा संचालन गर्नुपर्ने समेत बताएका छन् ।
क्त कार्यक्रमका विशिष्ठ अतिथि तथा कृषि विकास बैंक लिमिटेड क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक करुणचन्द्र घिमिरेले बैंक केवल नाफा मुखी व्यवसाय मात्र गरी सामाजिक सेवामा पनि त्यतिकै समर्पित रहने र भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने भन्दै बैंकले संचालनमा ल्याएका सुविधाहरु( एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, सि।आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा समेत जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका विभागीय प्रमुख ध्रुवचन्द्र गौतम, का.मु. विभागीय प्रमुख शंकर कुमार अर्याल, क्षेत्रीय कार्यालय काठमाडौका का.मु.निर्देशक अनिल यादव का.मु. मुख्य शाखा प्रबन्धक माधव रिजाल, बैंकका प्रवक्ता हिमलाल पौडेल, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, प्रबन्धकहरु राजेन्द्र रानाभाट,सुदन सिलवाललगायतकाको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्