
बैंकिङ क्षेत्रमा यस्ता घटना बारम्बार भइरहनुले नेपालको बैंकिङ क्षेत्रप्रति जनताको विश्वास घट्न सक्ने जोखिम देखिएको छ । तर यस्ता घटना घटीसकेपछिमात्र थाहा हुने ट्रेन्डले झन् समस्या निम्त्याउन सक्ने जोखिम भएको जानकारहरु बताउँछन् । नेपालका एटिएमहरु ह्याक भएको केहि समय नबित्दै नेपाली बैंकिङ क्षेत्रमा अर्को ‘दुर्घटना’ भएको हो ।
यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ। निर्मला तामाङलगायत रहेका छन् । यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको साथबाट ३१ लाख नगदसमेत प्रहरीले बरामद गरेको छ । समयमै सबैलाई पक्राउ गरिएको हुँदा करिब १० करोड रुपैयाँ लुटिनबाट जोगिएको प्रहरीको भनाइ छ ।