

सीइओ पद रहला कि उनले छोड्नु पर्ला ? बाफियामा के छ ?
बैंक तथा वित्तीय संस्था ऐनमा कालोसूचीमा पर्ने व्यक्ति सीइओ हुन नपाउने व्यवस्था छ । तर सीइओ बहाल रहेकै अवस्थामा कुनै बैंक तथा वित्तीय संस्थाको प्रमुख कालोसूचीमा पर्यो भने के हुन्छ भन्ने स्पष्ट व्यवस्था छैन । तर नैतिक रुपमा भने उनले राजीनामा दिनुपर्ने जानकारहरु बताउँछन् । यता कानुनविद्हरु पनि कालोसूचीमा परेकाहरु सीइओ हुन नपाउने व्यवस्था बाफियामै भएकाले कालोसूचीमा परेका बखत सीइओ पदमा बहाल हुन नमिल्ने दावी गर्छन् ।


सीइओ भन्छन्, ‘मिलाउँदैछु, प्लीज न्यूजचाहीं नलेखीदिनुहोस्’
यता फाइनान्सका सीइओ प्रधानले आफुलाई कालोसूचीमा राखेको जानकारी आफुलाई भएको र यसलाई मिलाउन प्रयास गरिरहेको दावी गरेका छन् । ‘कालोसूचीमा राखीहालेछ, अव मिलाउन खोज्दैछु ।’ अर्थ सरोकार डटकमसँगको कुराकानीमा उनले भने । ‘अनि कालोसूचीमा परेको व्यक्ति सीइओ हुन पाइन्छ र ? बाफियाले रोक्दैन र ?’ हाम्रो प्रश्नमा उनले भने, ‘अँ त्यो रोक्छ, ठिक छ । म मिलाउँदैछु । तर यसलाई बाहिर न्यूजमाचाहीं नल्याईदिनुहोस् है ।’ ‘पब्लिक कम्पनीमा बस्ने, कालोसूचीमा पर्ने अनि बाफियाले स्पष्ट भनेको कुरालाई नमान्ने पनि हुन्छ र ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘तपाईंहरुको सहयोग यस्तै बेला चाहिने हो । सहयोग गरिदिनु पर्यो ।’