×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकले पायो २० लाख कित्ता जारी गर्ने अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी बैंकले पायो २० लाख कित्ता जारी गर्ने अनुमति

३० भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लक्ष्मी बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बैंकले बिक्री गर्ने लागेको ऋणपत्र  मध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख कित्ता बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ । 
पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी