
उदयपुर । गायक पशुपति शर्माले एउटा गीत बनाएका थिए, ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइदैन, नेपालमै हो छुट ।’ गीतले भनेजस्तै लुट उदयपुरमा भेटिएको छ । उदयपुरको कटारीमा सञ्चालित कटारी साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको नयाँ धाराको महशुल एकै महिनामा १७ हजार रुपैयाँ उठेपछि उपभोक्ता आश्चर्यमा परेका छन् ।
कटारी ३ का कैशालप्रसाद साहको खानेपानीको महशुल १७ हजार ४ सय २ आएको छ । त्यसैगरी कटारी ३ कै रुकमणी घिमिरेको नाममा रहेको बर्रेली होटल सञ्चालक पियुमती गिरीले सञ्चालन गर्दै आएको धाराको महशुल पनि १५ हजार २ सय ७४ रुपैयाँ उठेको छ ।
२८ सय ५० धाराको लक्ष्य रहेकोमा आयोजनाले हाल १४ हजारमा १८ सय ३९ र गरिबीका रेखामुनि रहेका १ सय ८३ लाई निशुल्क धारा वितरण गरेको छ । यसरी बिल आएपछि सबैले विरोध त गरेका छन् तर तर आयोजनाले भने उठेको रकम तिर्नुपर्ने अडान छोडेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्