काठमाडौं – माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा असोज २४ गते हुने भएको छ । उक्त सभामा आर्थिक वर्ष २०७५/७६को नाफाबाट ५% बोनस सेयर र ११% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ । साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
बैंकले सभा प्रयोजनको लागि असोज १० देखि असोज २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार असोज ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने छन् । सभा होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्