Skip to content
LAXMI SUNRISE BANK

तीजमा महालक्ष्मी विकास बैंकको नि:शुल्क पानी, जुस र स्वास्थ्य शिविर सञ्चालन !

अर्थ सरोकार

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको भाटभटेनि शाखाले हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा पशुपति मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी, जुस वितरणका साथै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
उक्त कार्यक्रममा बैंकले बिहान ७ बजे देखि साँझ ६ बजे सम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण र बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । 
ओम अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्वास्थ्य परिक्षण गराइ भक्तजनहरु प्रत्यक्ष लाभान्वित भएका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK