Skip to content
LAXMI SUNRISE BANK

मल्टीपर्पस फाइनान्सको चरम लापरवाही, शेयर सूचीकरण स्थगन गर्दै नेप्सेले माग्यो स्पष्टिकरण !

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मल्टीपर्पस फाइनान्सको धितोपत्र सूचीकरण स्थगन गरेको छ ।  नेप्सेले कम्पनीलाई बुकक्लोज सम्बन्धी सूचना समयमा नै उपलब्ध नगराएको भन्दै शेयर सूचीकरण स्थगन गरेको हो । कम्पनीलाई ३ दिनभित्र स्पष्टिकरण पनि मागेको छ । 
मल्टीपर्पसले १ हाप्तपछि हुन लागेको साधारण सभाको बुकक्लोज सम्बन्धी सूचना सात दिन अगाडि नै नेप्सेमा जानकारी गराउनुपर्नेमा एक दिनअघि मात्र नेप्सेमा जानकारी गराएपछि नेप्सेले फाइनान्सको धितोपत्र सूचीकरण स्थगित गर्दै तीन दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । साथै नेप्सेले ७ दिन अगाडी के कति कारणले बुकक्लोजको सूचना पठाउन नसकिएको हो सो को जावाफ मागेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK