काठमाडौं – नबिल बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर दिने भएको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।