×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागढुंगा सुरुङमार्गको ठेक्का सम्झौता सम्पन्न, निर्माण लागत १३ अर्व ५० करोड ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK

नागढुंगा सुरुङमार्गको ठेक्का सम्झौता सम्पन्न, निर्माण लागत १३ अर्व ५० करोड ! (भिडियो रिपोर्ट)

७ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पाेरेशन’बीच ठेक्का सम्झौंता भएको हो । ४२ महिना भित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्गको ठेक्का सम्झौंता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिनुभयो ।
सो सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर रहेको छ । ठेक्का सम्झौंतामा सो सुरुङ मार्ग निर्माणका लागि १३ अर्व ५० करोड लाग्ने उल्लेख गरिएको छ । जापान सरकारले ४० वर्ष भित्र तीर्ने गरी सो सुरुङ मार्गका लागि ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: