×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल माइक्रोफाइनान्सले ८०% लाभांश दिँदै, बोनस सेयर र नगद लाभांश कति ?

PRIME CA

नेसनल माइक्रोफाइनान्सले ८०% लाभांश दिँदै, बोनस सेयर र नगद लाभांश कति ?

२ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ८०% लाभांश दिने भएको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७५% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो । 
नेसनल माइक्रोफाइनान्सले ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँ बराबरको बोनस सेयर र ७५ लाख ४४ हजार १५० रुपैयाँ नगद लाभांश बाँड्नेछ । हाल नेसनलको चुक्ता पुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ७५% बोनस सेयर वितरणपछि पुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: