
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अनाधिकृत रुपमा डिम्याट खाता खोलेको भन्दै निरीक्षण गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको छ ।
‘सम्बन्धित व्यक्ति स्वयं उपस्थित नहुँदा समेत डिम्याट खाता खोल्ने गरेको, एक व्यक्ति उपस्थित अनाधिकृत रुपमा अन्य धेरै व्यक्तिको नाममा समेत खाता खोल्ने गरेको र नवीकरण समेत गर्ने गरेको गुनासाहरू प्राप्त भएकोले यस्तो कार्य गरेको भेटिएमा कारबाही हुने’ बोर्डले उल्लेख गरेको छ ।
यस्तै बोर्डले उक्त सम्बन्धमा निरीक्षण गरी १५ दिन भित्र निरीक्षण प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । हाल एक लगानीकर्ताले दुई वटासम्म हितग्राही खाता खोल्न सक्ने र व्यक्ति स्वयंम उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार नभएको गुनासोको आधारमा बोर्डले निक्षेप सदस्यहरुको निरीक्षण गर्न सिडिएस एण्ड क्लियरिङ निर्देशन दिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्