
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले असोज १३ गते (सोमबार) बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलहरू ९१ र १८२ दिन अवधिका छन् । ९१ दिनको १० करोड रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल पुस १५ गते परिपक्व हुनेछ भने १८२ दिनको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल चैत्र १८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्