×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकले गर्यो १६.८४% लाभांश दिने घोषणा, नगद र बोनस कति ?

PRIME CA

नेपाल एसबीआई बैंकले गर्यो १६.८४% लाभांश दिने घोषणा, नगद र बोनस कति ?

अर्थ सरोकार

१३ आश्विन २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल एसबीआई बैंकले १६.८४% लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति ४४१औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ६% बोनस सेयर र १०.८४% नगद लाभांश दिने निर्णय गरेको हो । 
बैंकले ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस र ९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ नगद वितरण गर्ने भएको छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: