
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसवर्षको वडा दशैँका लागि नयाँ नोट असोज १४ गतेबाट बाड्ने भएको छ । राष्ट्र बैंकले अन्य वर्षजस्तै यसवर्ष पनि ३ सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा मिलेको जनाएको छ । रु ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने पनि राष्ट्र बैंकले जनाएको छ ।
यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने लक्ष्य छ । यद्यपि सर्वसाधारणले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था बैंकबाट कम नयाँ सटहि गर्न पाउने छन् भने सरकारी बैंकबाट बढि राष्ट्र बैंकले सर्वसाधारणको सहजताका लागि बैंकका क्षेत्रीय कार्यालयहरूबाट मात्र नभई नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ । राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट सटहि गर्न सक्ने छन् । र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ। राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन् ।
राष्ट्र बैंकले यस्तै निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्न साढे ३ करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्