Skip to content
LAXMI SUNRISE BANK

१०% बोनसमा मूल्य समायोजनपछि एनआइसी एसिया बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : एनआइसी एसिया बैंक
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४०७ रुपैयाँ २७ पैसा
विशेष साधारण सभा : असोज १० गते
विवरण :

एनआइसी एसिया बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता  ४०७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।

पेस हुने प्रस्तावहरु :

११.०५२६% नगद र १०% बोनस सेयर दिने 
कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने 
सभा हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा :  ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ ५६ पैसा
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK