×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाले गर्यो खातावालाहरुलाई बीमा रकम भुक्तानी

GLOBAL IME BANK

एनआईसी एशियाले गर्यो खातावालाहरुलाई बीमा रकम भुक्तानी

९ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजना अन्तर्गत विभिन्न खातावालहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ ।
बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी निधन भएका कारण खातावालकी श्रीमती रनसुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम रु ४,९१,२५३/- भुक्तानी गरिएको छ ।
यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६,५१९/-, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई रु ६७,९३३/-, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९,९०४/-, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १०,४३९/- र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८,७५०/- रकम भुक्तानी गरेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: