काठमाडौ । ‘ट्यालेन्ट हन्ट’का नाममा हुने मनपरी कर्मचारी भर्तीमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । राष्ट्र बैंकले सोमबार सर्कुलर जारी गर्दै यस्तो रोक लगाएको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरुले उत्कृष्ट कर्मचारी छनौट प्रकृयाबाट कर्मचारी भर्ना गर्नु पर्ने अवस्थामा निष्पक्षता र पारदर्शीता कायम हुने गरी अलग्गै कार्यविधि तर्जुमा गरी मात्र भर्ना गर्ने ब्यवस्था गर्नु पर्ने छ।’ निर्देशनमा भनिएको छ ।
पछिल्लो समय ट्यालेन्ट हन्टको बहानामा आफ्ना मान्छेहरुलाई जागिर खुवाउने चलन बढेको थियो । जसका कारण विशेषगरी ठूलो पदमा जागिर खाने कर्मचारीहरुलाई पावर नै लगाउनुपर्ने अवस्था थियो ।