×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तान र नेपाल मैंत्री व्यापार मेला सुरु,दुवै मुलुकको बजारीकरण गर्न मेलाको आयोजना (भिडियो रिपोर्ट)

GLOBAL IME BANK

पाकिस्तान र नेपाल मैंत्री व्यापार मेला सुरु,दुवै मुलुकको बजारीकरण गर्न मेलाको आयोजना (भिडियो रिपोर्ट)

३० भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंमा ‘पाकिस्तान र नेपाल मैंत्री व्यापार मेला’ सुरु भएको छ । दुई मुलुकबीचको व्यापार विस्तारमा जोड दिने उद्देश्यका साथ सोमबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटेड वल्र्ड ट्रेड सेन्टरमा सो मेला सूरु भएको हो । ७ दिनसम्म चल्ने मेलाको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदुत मजहर जाभेदले दुई मुलुकबीचको सम्बन्धलाई अझै विस्तार बनाउन मेला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा आयोजना गरिएको सो मेलामा पाकिस्तानका छालाका सामग्रीहरु मुख्य आकर्षणका रुपमा रहेका छन । त्यसैगरी मेलामा पाकिस्तानी सारी, कुर्ता, जुत्ता, चप्पल पनि राखिएका छन । नेपालका हस्तकलाका सामग्रीहरु पनि मेलामा राखिएको छ । दुवै मुलुकका उत्पादनहरुकोे बजारीकरण गर्न पनि मेला आयोजना गरिएको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल मर्हजनले बताउनुभयो ।
नेपालस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दुतावासको सहकार्यमा आयोजना गरिएको सो मेलाले दुई मुलुकबीचको व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: