×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारी कर्मचारीको नयाँ पेन्सन योजना सुरु, के-के छन् सुविधाहरु ?

काठमाडौँ । कर्मचारी संचय कोषको योगदानमा आधारित पेन्सन योजनाको औपचारिक रुपमा सुरु भएको छ ।उक्त योजनाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् ।यस योजनालाइ ‘याेगदानमा आधारित निवृत्तिभरण काेष’ नाम दिईएको छ । यस योजना अन्तर्गत यसै चालु आथिक वर्षको साउन १ पछि नियुक्त भएका स्थायी निजामती, प्रहरी, सैनिक, शशस्त्रलगायतका कर्मचारी समावेश हुनेछन् । 
संचय कोषका अनुसार कर्मचारीको मासिक तलबबाट ६% कट्टा गरिने छ भने उक्त अनुपातमै नेपाल सरकारले योगदान गर्नुका साथै हरेक ३ बर्षमा निवृत्तिभरण रकम १०% का दरले बढीमा ५ पटक बढ्नेछ । यस्तै २० बर्षे सेवा अवधि पुरा भएका कर्मचारीको हकमा व्यक्तिगत खातामा जम्मा भएको रकम निवृत्तिभरण कोष ऐन २०७५ अनुसार भुक्तानी हुनेछ भने अवधि पुरा नभएका र सेवामा नरहेमा कोषमा जम्मा भएको रकम, ब्याज रकम र मुनाफा रकम एकमुष्ट पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: