Skip to content
LAXMI SUNRISE BANK

प्रुडेन्सियल इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्दै, बिक्री प्रबन्धक एनएमबी क्यापिटल !

अर्थ सरोकार

काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति माग गरेको छ । 
हाल यसको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन प्रुडेन्सियलले हकप्रद ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK