काठमाडौँ । आज असोज ७ गते । अर्थ सरोकारको विशेष रेडियो अभियान ‘हामी ७ छौँ, तपाईंको साथ छौँ’ अभियानको घोषणा गर्ने पूर्वघोषित कार्यक्रम ।
रेडियोमार्फत आम जनतामा जाने हाम्रो प्रयासले सार्थक रुप लिनेगरी जग तयार भएको छ । काठमाडौँ तथा केहि विकसित शहरहरुलाई छोडेर गाउँ-गाउँमा, दुरदराजमा जनताको सबैभन्दा प्रिय र महत्वपूर्ण सञ्चारमाध्यम भनेकै रेडियो हो भन्ने तथ्यलाई मनन गर्दै हामीले रेडियो कार्यक्रम अर्थ सरोकार तपाईंहरु समक्ष आइपुगेका छौं । अव उपरान्त यो कार्यक्रम देशभरका ७७ वटै जिल्लामा ९६ वटा रेडियोमार्फत सुन्न सकिनेछ ।
गाउँ-गाउँमा, बस्ती, बस्तीमा आर्थिक सचेतना र वित्तीय साक्षरता अभियान संचालन गर्ने हाम्रो यो अभियानमा ७ रेडियो सहकर्मीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुनुहुन्छ । हाम्रो यो यात्रामा स्रोताको अगाध माया छ भन्ने कुरा हामीले अहिलेसम्म प्रशारण गरेका केहि कार्यक्रमका केहि एपिसोडहरुबाट प्रमाणित भइसकेको छ ।
यो ‘अर्थ सरोकार’को बिशुद्ध गैरव्यावसायिक कार्यक्रम हो । आम जनतामा आर्थिक सचेतना पुर्याउने हाम्रो यो अभियानमा तपाईंहरुको साथ सदैव हुनेछ भन्ने विश्वास लिएका छौं । तपाईंकै गाउँ-ठाउँमा तपाईंकै घर आँगनको रेडियोमा गुन्जीरहेको छ ‘रेडियो कार्यक्रम अर्थ सरोकार’ । रेडियो कार्यक्रम अर्थ सरोकार निम्नानुसार रेडियोहरुबाट प्रशारण हुन्छ । अन्य जानकारीका लागि सम्बन्धित रेडियो वा सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।