
काठमाडौं । लामो बैंकिङ अनुभव भएका बैंकर चार्टड एकाउन्टेन्ट राजनसिंह भण्डारी सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले भण्डारीलाई सञ्चालकमा निर्वाचित गरेको थियो । नवनिर्वाचित सञ्चालक समितिको ३१४ औं बैठकले भण्डारीलाई शुक्रबार नै अध्यक्ष निर्वाचित गरेको छ ।
बैंकका अध्यक्ष शंकर शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले पूर्वसीइओ राजनसिंह भण्डारी, व्यवसायी प्रवलजंग पाण्डे, सजन शमा र सीता कार्कीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको थियो । सिटिजन्स बैंकमा प्रखर बैंकर राजनसिंह भण्डारीको ‘रि-इन्ट्री’, अब सीइओ होइन अध्यक्ष सभाले २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।
भण्डारी लामो समयदेखि नेपाली बैंकिङमा कार्यरत छन् । नेपाल राष्ट्र बैंकको जागिर छोडेर सिटिजन्स बैंकको सीइओ भएका उनी सीइओ पद छोडेर केहि समयपछि सोहि बैंकमा अध्यक्ष भएका हुन् । कुनै बेला आइक्यान, र एक्यानको ‘राजनीति’मा समेत सक्रिय भएका उनी नेपाली सिए क्षेत्रमा ‘खरो’ व्यक्तिका रुपमा परिचित छन् ।
उनी वाणिज्य बैंकको अध्यक्ष भएसंगै नेपाली सिए क्षेत्रमा एउटा इतिहास रचिएको छ । पहिलोपटक कोहि चार्टड एकाउन्टेन्ट वाणिज्य बैंकको अध्यक्ष पदमा निर्वाचित भएको इतिहास दर्ज भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्