काठमाडौं – नेपाली बैंकका एटिएमबाट चिनियाँ ह्याकरहरुले रकम चोरेको विषयमा अध्ययन गर्न गठित टोलीले राष्ट्र बैंकका गर्भनर डा. चिरन्जिवी नेपाललाई भदौ १८ गते प्रतिवेदन बुझाएको छ। राष्ट्र बैंकले बैंकै भुक्तानी प्रणाली विभागका प्रमुख एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा बनेको टोलीले एक दर्जन भन्दा बढी जोखिम न्यूनीकरणका लागि दिर्घकालिन र अल्पकालीन उपायहरु सहितको प्रतिवेदन बुझाएको हो ।
चिनियाँ ह्याकरहरुले गत शनिबार नेप्सको सिस्टम ह्याक गरी नेप्समा आवद्ध विभिन्न बैंकहरुको नक्कली एटीएम प्रयोग गरी करोडौं रुपैयाँ चोरी गरेका थिए ।अध्ययन टोलीले अहिलेसम्म चिप कार्ड प्रयोग नगरेका बैंकहरुलाई तत्काल प्रयोगमा ल्याउनुपर्ने र म्याग्नेटिकको साट्टो अब चिपमा आधारित कार्ड जारी गर्ने तथा चिप कार्ड सपोर्ट हुने खालको नयाँ एटिएम मेशिन जडान गर्नुपर्नेसहितको सुझाव दिएको हो ।
यस्तै टोलीले राष्ट्र बैंक समक्ष पेश गरेको प्रतिवेदनमा हाल कायम रहेको एटीएमबाट झिक्न मिल्ने रकमको सीमा घटाउन र वित्तीय संस्थाहरुलाई आधिकारिक सफ्टवेयर प्रयोग गर्न पनि सुझाव दिइएको छ । अध्ययन टोलिले बुझाएको उक्त सुझावलाई राष्ट्र बैंकले सर्कुलर मार्फत कार्यन्वयनमा लैजाने बताईएको छ । टोलीले दिएको तथ्याङ्कका आधारमा नेपालभित्रबाट १ करोड ८९ लाख रुपैयाँ र भारतबाट १ करोड ५ लाख भारतीय रुपैयाँ झिकिएको थियो। ह्याकरहरुले कुन कुन बैंकको कहाँ कहाँको एटिएम बुथमा कुन कुन बैंकको एटिएम कार्ड कति पटक प्रयोग गरी कति रकम चोरी भयो भन्ने लगाायताका बिषयहरु समेत विस्तृतमा उल्लेख गरिएको छ ।
अध्ययन टोलीमा संयोजक मिश्रसहित राष्ट्र बैंकका राष्ट्र बैंकका निर्देशक तथा सूचना प्रविधि (आईटी) प्रमुख शिवप्रसाद दुवाडी, अनुज दाहाल, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) प्रमुख कार्यकारी अधिकृत प्रवीण प्रकाश क्षेत्री र बैंकर संघका तर्फबाट सूचना तथा प्रविधि सम्बन्धि विज्ञ रोशन रेग्मी थिए।
हेर्नुहोस सुझाव :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्