
काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्स सार्वजनिक हरेको छ । संस्थानले संविधान दिवसको अवसर पारेर उक्त एप्स सार्वजनिक गरेको हो ।
उक्त एप्समा डिजिटल पेमेन्ट थप्नुका साथै उपभोक्तालेचाहे अनुसार अनलाइन सुविधा पनि सकेसम्म चाँडो ल्याउने प्रयास गर्ने बताइएको छ । संस्थानका प्रशासक कविप्रसाद पाठकले नेपालकै अग्रणी तर सुस्त गतिमा चलिरहेको राष्ट्रिय बीमा संस्थानले अब आफ्नो गति तीव्र बनाएको बताउनुभयो ।
जीवन बीमा व्यवसाय अघि बढाउने सन्दर्भमा संस्थानको गति तीव्र बनाइसकेका भन्दै उहाँले यो कार्यको थालनीसँग नागरिक लगानी कोषमार्फत आएको राष्ट्रसेवक कर्मचारीको तीनलाख १८ हजार ‘पोलिसी’ एपमा समावेश गरिसकेको समेत जानकारी दिनभयो ।
मोबाइल एप्समार्फत बीमा संस्थान र संस्थानका बीमा योजनाबारेमा जानकारी लिन, बीमा गराउनका लागि संस्थानको कार्यालय धाउन नपर्ने भएको छ । नयाँ बीमा गराउन चाहने सर्वसाधारणले बैंकमार्फत भुक्तानी गरेर सोही एप्समार्फत नै प्रक्रिया अघि बढाउन सक्नेछन् ।
मोबाइल एप्सको प्रयोगबाट नयाँ ग्राहक (साउन १ गतेदेखि संस्थानमासंलग्न रहेका ग्राहकहरु) ले सेवा लिन सक्नेछन् भने पुराना ग्राहकको विवरण यही आर्थिक वर्षभित्रमा एप्समा अपलोड गरी सक्ने संस्थानको भनाइ छ । एप्समा विवरण अपलोड गर्ने काम सकिएपश्चात पुराना ग्राहकलाई समेत ‘युजर’ र ‘पासवर्ड’ उपलब्ध गराउने संस्थानको योजना रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्