काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले बोनस सेयर र नगद लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत वर्षको नाफाबाट ६% बोनस सेयर र १०% नगद लाभांश दिने निर्णय गरेको हो ।
संस्थाले ३ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ६ करोड ३३ लाख ५१ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
हाल संस्थाको चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात आरएसडीसीको चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।