Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको ‘सिएसआर’: टिच फर नेपाललाई १० लाख आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौं – शैक्षिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउँदै आएको शैक्षिक संस्था टिच फर नेपाललाई सानिमा बैंकले १० लाख सहयोग गरेको छ। बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने हिसाबले विगतको सहयोगलाई निरन्तरता दिदै रु. १० लाख सहयोग गरेको हो।
सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका लागि टिच फर नेपालले ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ । टिच फर नेपालको मार्फत हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु देशका विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रही १० हजार भन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका छ।
बैंकले यसका साथै विगत ७ बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK