×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्त वित्तीय संस्थाले गर्यो १३% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

PRIME CA

सबैको लघुवित्त वित्तीय संस्थाले गर्यो १३% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

३० भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाले १३% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति ५६औँ बैठकले आर्थिक वर्ष २०७५/७६ संचित मुनाफाबाट १३% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, संस्थाले बोनसमा लाग्ने कर तिर्न ०.६८% नगद लाभांश पनि दिने भएको छ । 
संस्थाले २ करोड १४ लाख ५० करोड रुपैयाँ बराबरको बोनस र कर तिर्न ११ लाख २८ हजार ९४७ रुपैयाँ नगद दिने भएको छ । हाल सबैको लघुवित्तको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: