×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्तको २००% हकप्रद सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

समता लघुवित्तको २००% हकप्रद सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

Artha Sarokar

१ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाको २००% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद सेयरमा मूल्य समायोजनपछि बुधबार संस्थाको सेयर कारोबार प्रतिकित्ता ४९१ रुपैयाँलाई आधार मानेर खुल्ला भएको छ । 
समता लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ दरले १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद सेयर बिक्री गर्नको लागि संस्थाले बुधबार (असोज १ गते) बुक क्लोज गरेको हो । यस अनुसार उक्त हकप्रद भदौ ३१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । 
समताले हालै वितरण गरेको ६.६६% बोनस सेयरपछि कायम भएको ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीमा २००% हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी