×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिबिआइएल क्यापिटलका विवादित अध्यक्षले देश छोडेको पुष्टी, क्यानडामा राम्रो अवसर पाए कि देशमा बस्ने परिस्थिति रहेन ?

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत रहेका चार्टड एकाउन्टेन्ट समिर दाहालले देश छोडेका छन् । उनले सिटिजन्सको सहायक सीइओ र सिटिजन्स क्यापिटलको अध्यक्ष पद त्यागेर सपरिवार क्यानडा भासिएका हुन् । उनी क्यानडा भासिएको उनका निकै नजिकका एक साथीले पुष्टी गरेका छन् ।  
करिव १७ वर्ष बैंकिङ्ग क्षेत्रमा विताएका उनी मुम्बईमा रहेर सिए अध्ययन गरेका व्यक्ति हुन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका उनी केहि समय अगाडीदेखि नै नेपाल छोड्ने योजनामा थिए । 
समिर दाहाल क्यानडा गए भन्ने विषय त्यति महत्वपूर्ण विषय नहुन सक्छ जति एउटा चार्टड एकाउन्टेन्टलाई देशमा बस्ने वातावरण किन बनेन भन्ने विषय गम्भीर छ । 
तर उनी सीबिआइएलमा सिइओ हुँदा नै विवादित बनेका थिए । मिडियाकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै उनी विवादित बनेका थिए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: