काठमाडौं – सानिमा बैंकले २१.०५२६% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकमा हाल चुक्ता पुँजीको ११.०५२६% नगद र १०% बोनस सेयर दिने निर्णय गरेको छ ।
बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने करसहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश बाँड्नेछ । हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड ३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्