Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्ताहरुलाई खुशीको खबर, अब ब्रोकरबाटै ऋण पाईने !

अर्थ सरोकार

काठमाडौं । लगानीकर्ताहरुले अब ब्रोकरबाट नै ऋण पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरेसँगै अब लगानीकर्ताले सिधै ब्रोकरबाट नै ऋण पाउने बाटो खुलेको हो । मार्जिन कारोबार सुविधा सञ्चालनका लागि मार्जिन कारोबारको राफसाफ सम्वन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्नेहुन्छ। ब्रोकरबाट मार्जिनमा खरिद गरिएको शेयर सोहि खातामा जम्मा हुनेछ ।
मार्जिन कारोबार सुविधा सञ्चालनमा आएपश्चात धितोपत्र बजारको दायरा वृद्धि हुने र कारोबारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने अपेक्षा बोर्डको छ। नेप्सेबाट क्रिस्टल कनचनजंघा (५०), कोहिनुर इन्भेष्मेन्ट एण्ड सेक्युरिटी (३५), आयतारा इन्भेष्मेन्ट एण्ड सेक्यूरिटी (५७), दक्षिणकाली इन्भेष्मेन्ट एण्ड सेक्युरिटीज (३३), दिव्य सेक्यूरिटी एण्ड स्टक हाउस (५९), दिपशिखा धितोपत्र कारोबार कम्पनी (३८), सेक्योर्ड सेक्यूरिटी (३६), भिजन सेक्युरिटी (३४), श्रीकृष्ण सेक्यूरिटी (२८), प्राइमो सेक्यूरिटी (१६) र नेपाल स्टक हाउस (१४) ले नेपाल राष्ट्र बैंकबाट मार्जिन कारोबारको अनुमति पाइसकेका छन् भने अन्य ब्रोकर कम्पनी पनि पाइपलाइनमा रहेका छन् । जसमा ८ वटा ब्रोकर कम्पनीहरुले नेप्सेबाट मार्जिन कारोबारको प्रमाणपत्र समेत पाइसकेका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK