
काठमाडौँ । वल्ड ट्रेड ग्रुपका अध्यक्ष एवम् बिजनेश टेलिभिजनका अध्यक्ष शम्भु पोखरेल ‘ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्ड २०१९’ बाट सम्मानित भएका छन् । न्यूज पेपर एशोसियसन अफ इन्डिया र इण्डिया मलेशिया कल्चरल फोरमले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पोखरेललाई सम्मान गरिएको हो । पोखरलको यो पाँचौं अन्तराष्ट्रिय अवार्ड हो ।
सञ्चार क्षेत्रमा र देशको कुटनितिक क्षेत्रमा उल्लेखनीय काम गरेकोमा उनलाई सम्मान गरिएको आयोजकको भनाइ छ । क्षेत्रीय रुपमा युवाहरुको नेतृत्वदायी भुमिका निर्वाह गरेको र युवाहरुलाइ सहि बाटोमा लाग्न र ‘इन्ट्रप्रेनरसिप स्किल’ बिकास गर्न सहयोग गरेको भन्दै पोखरेललाई सम्मान गरिएको आयोजकको भनाइ छ ।
न्युज पेपर एशोसिएसन अफ इन्डिया इन्डियाका १० हजार भन्दा बढी पत्रपत्रिकाहरुको संगठन हो । वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेलको नेतृत्वमा बिजनेश टेलिभिजन सञ्चालन भईरहेको छ भने पोखरेलको नेतृत्वमा अन्य संस्थाहरु पनि चलिरहेका छन् । पोखरेल त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधिसमेत गर्दैछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्