Skip to content
LAXMI SUNRISE BANK

पोखरामा एक दिने सेयर तालिम हुँदै, यी विषयमा पाइनेछ सिक्न (विस्तृत विवरणसहित)

अर्थ सरोकार

कास्की । पोखरामा एक दिने सेयर तालिम सम्पन्न हुने भएको छ । यहि भदौ २८ गते शनिबार विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म पोखरामा उक्त तालिम आयोजना हुने भएको हो । तालिममा नेप्सेको इतिहास, डिम्याट एकाउन्ट, आइपीओ, एफपीओ, प्राथमिक बजार, दोश्रो बजारको जानकारी, सेयर बजारमा लगानी किन भन्ने जानकारी, दोश्रो बजारमा किनाबेच गर्ने तरिकाबारे जानकारी, सेयर बजारका जोखिमहरुबारे जानकारी, अनलाइन ट्रेडिङबारे जानकारी, सेयर बजारको अवसर र चुनौतीहरुबारे जानकारी र आधारभूत विश्लेषणका तरिकाहरुबारे सिकाइनेछ ।
पोखराको एकेडेमियाको कार्यलय, निभा गल्लीमा हुने उक्त कार्यक्रमका लागि रु १००० (खाजासहितको मूल्य) दस्तुर लाग्नेछ । येकेदेमिया कन्सलटिङ सर्भिसेज प्रालिले यसखालका तालिमहरु आयोजना गर्दै आएको छ । अन्य जानकारीका लागि ०६१-५३१११० वा ९८०२८३२२५० / ९८०२८३२२५२ मा सम्पर्क गर्न सकिन्छ ।   
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK