Skip to content
LAXMI SUNRISE BANK

सिंगटी हाइड्रो इनर्जीको ४३ लाख ५० हजार कित्ता आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

अर्थ सरोकार

काठमाडौं – सिंगटी हाइड्रो इनर्जीले ४३ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । 
उक्त कम्पनीको आइपीओमा बिक्री प्रबन्धकको कार्य मेगा क्यापिटल मार्केट्सले गर्ने भएको छ । केयर रेटिङ नेपालले कम्पनीको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ । यस हाइड्रोपावर आयोजनाको कुल लागत ४ अर्ब ७५ करोड २ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावट लागत भने १९ करोड रुपैयाँ छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK