×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले १५.८% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

PRIME CA

सनराइज बैंकले १५.८% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

१ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सनराइज बैंकले १५.८% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ३२६औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १०% बोनस सेयर र ५.८% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस र ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । 
हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१ रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: