काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २४% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २४% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.२७% नगद दिने निर्णय गरेको हो । संस्थाले १ करोड ४८ लाख ४६ हजार ६४० रुपैयाँ बराबरको बोनस सेयर दिनेछ ।
कम्पनीको हाल चुक्ता पुँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने चुक्ता पुँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्