काठमाडौँ – काठमाडौंमा ‘थाई फस्टिबल’ आयोजना हुने भएको छ । काठमाडौंस्थित थाई दुताबासले यही असोज ११ गते शनिबार काठमाडौंको होटल सांग्रिलामा सो फेष्टिबल आयोजना गर्न लागिएको जानकारी गराएको हो । दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सो फेष्टिबल आयोजना गर्न लागिएको नेपालका लागि थाई राजदुत भकवत तन्सकुलले जानकारी दिनुभयो ।
फेष्टिवलमा थाई खाना मुख्य आकर्षणको रुपमा राखिनेछ । राजदुत भकवतले थाई कल्चरसँग सम्बन्धित कला पनि सो फेष्टिबलमा प्रर्दशन हुने बताउनुभयो । फेष्टिबलमा ‘लक्की ड्र’ मार्फत् एक जनालाई थाईल्याण्ड भ्रमणको लागि ‘टु वे’ टिकट उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
थाई दुतावासले नेपालमा पहिलो पटक सन् २०१७ मा यो फेष्टिबल आयोजना गरेको थियो । थाईल्याण्ड सरकारकै योजना अनुसार विश्वभर थाई फेष्टिवल हरेक वर्ष मनाउने गरिएको पनि थाई दुतावासद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्