Skip to content
LAXMI SUNRISE BANK

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरु, सेवाग्राहीको सामानको पनि सुरक्षा हुने (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताउनु भएको छ । शुक्रबार काठमाडौँमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्रि भट्टराईले देश भित्र संचालनमा रहेका सबै बिमानस्थलमा यसैगरि सेवा थपिदै जाने बताउनु भएको हो । काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम पनि लागु हुने बताउनु भयो सरकार नागरिकलाई सेवा सुबिधा दिन सधै तयार रहेको बताउदै मन्त्रि भट्टराईले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने बताउनुभयो ।
आजबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहिको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यस अघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र बायुसेवाका कर्मचारीले टिकट संगै सामानमा लगाएको ट्यागको नं सोधेर सामान जिम्मा लगाउथे । अब यो सबै झन्झट हटेको छ । हेर्नुहोस् भिडियो :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK