
काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आईतबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अलि ‘खास’ भाषण गरे । करिव २५ मिनेट भाषण गरेका उनले मिठो भाषामा कसैलाई केहि भन्न पनि छोडेनन् । सरकारको विरोध गर्नेहरुदेखि प्रतिपक्षहरुलाई उनले मिठो भाषामा राम्रै ‘दनक’ दिए ।
उनले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने भनेर प्रतिपक्ष र केहि व्यापारीलाई व्यंग्य गरे । उनले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक सही भएको तर त्यसलाई असत्य भनेर अन्तराष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भईरहेको भनेर पनि घुमाउरो सँग रिस पोखे ।
अर्थमन्त्री खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशन मात्र दिएनन् बरु पूँजीबजार भन्दा देशको समग्र अर्थतन्त्रलाई जोड दिनुपर्ने भन्दै घुमाउरो पाराले व्यंग्य गरे । समग्रमा भन्दा अर्थमन्त्रीको उक्त भाषण, ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बीड’ झैं थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्