×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असंलग्न राष्ट्रहरुको १८औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरवैजान प्रस्थान ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

असंलग्न राष्ट्रहरुको १८औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरवैजान प्रस्थान ! (भिडियो रिपोर्ट)

७ कार्तिक २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गर्नु भएको हो । त्यस अवसरमा उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङ, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल तथा नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विदाई गर्नु भएको थियो भने नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री ओलीले सो सम्मेलनमा ‘बाङडुङ सिद्धान्तलाई आत्मसात गर्दै वर्तमान विश्वमा उचित र पर्याप्त चुनौतिको प्रतिक्रिया दिने’ विषयमा सम्बोधन गर्नु हुनेछ । सो सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली यस अघि नै बाकु पुगिसक्नु भएको छ । प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागीलगायतका परराष्ट्र अधिकारीहरुको सहभागिता रहेको छ । आगामी शुक्रबार र शनिबार बाकुमा हुने सो सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीले सम्मेलनको क्रममा विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली कार्तिक १० गते आईतबार स्वदेश फर्कनु हुनेछ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: