काठमाडौँ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले नक्कली कागजपत्रका आधारमा ऋण दिएको अभियोगमा पुर्पक्ष थुनामा रहेका बैंक अफ काठमाण्डूका तत्कालीन सीइओ अजय श्रेष्ठलाई छुटाउन सर्वोच्च जाने तयारी गरेको छ । संघले बैंकिङ क्षेत्रमा निकै सोझा व्यक्तिका रूपमा रहेका श्रेष्ठलाई आर्थिक सहयोग गर्ने विषयमा पनि छलफल गरेको छ । श्रेष्ठले बैंक अफ काठमाण्डूमा सीईओ हुँदा नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोपमा उच्च अदालत पाटनले पूर्पक्षमा थुनामा पठाउने निर्णय गरेको थियो । उनी दशैंअघिबाटै थुनामा छन् । स्वास्थ्यमा समस्या आएपछि अहिले विर हस्पिटलमा भर्ना भएका छन् ।
बैंकर्स संघले संघ र ब्यक्तिगत रुपमा श्रेष्ठको मुद्दामा लाग्ने आवश्यक खर्च मिलेर गर्ने ब्यहोर्ने बताइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्