×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएनएले विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ अभियान संचालन गर्ने ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआरएनएले विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ अभियान संचालन गर्ने ! (भिडियो रिपोर्ट)

३ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ अभियान संचालन गर्ने भएको छ । एनआरएनएले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सो अभियान संचालन गर्ने भएको हो । आईतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यबीच काठमाडौंमा भएको १७ बूँदे सम्झौंतामा सबैभन्दा बढि विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघ, संस्थालाई नेपाल सरकारले सम्मान गर्र्ने पनि उल्लेख गरिएको छ । २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन जनवरी १ मा हुँदैछ । 
भ्रमण वर्ष नजिकीहरेका बेला सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग पनि सम्झौता गरेको हो । सम्झौतामा विश्वभर गरिने एनआरएनएको औपचारिक सेमिनर, गोष्ठी लगायतका कार्यक्रम सो भ्रमण वर्षलाई लक्षित गरी नेपालमा नै आयोजना गर्न व्यवस्था मिलाउने, विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई विदा मनाउन नेपाल जाउँ अभियान संचालन गर्ने पनि सम्झौंतामा भनिएको छ । कार्यक्रममा बोल्दै ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले सो भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न गैर आवासीय नेपालीहरुलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । विश्वमा नेपालबारे नकारात्मक प्रचार हुन नदिन पनि उहाँले गैर आवासीय नेपालीहरुलाई पटकपटक आग्रह गर्नु भयो । राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले नेपाल भ्रमण वर्ष २०२० को प्रचार अभियानलाई विश्वभर संचालन गर्ने उल्लेख गर्दै त्यसमा विशेष सहयोग गरिदिन पनि एनआरएनएको ध्यानाकर्षण गराउनुभयो ।
एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तले नेपालको समृद्धिका लागि पूँजी र प्रविधि भित्रयाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको समृद्धिको मुख्य आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि आरआरएनएको नयाँ नेतृत्वले प्रविधि र त्यसका लागि आवश्यक ज्ञानको आपूर्ति गर्न विशेष जोड दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
एनआरएनएले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशस्थित नेपाली नियोग र दुतावासहरुमा ‘भ्रमण वर्ष प्रवद्र्धन कक्ष’ स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: