×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ वाणिज्य बैंकले गरे नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा बचत र कर्जाको कति ?

PRIME CA
GLOBAL IME BANK

४ वाणिज्य बैंकले गरे नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा बचत र कर्जाको कति ?

१६ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चार वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर सार्वजनिक गर्ने बैंकहरुमा प्रभु बैंक, एनएमबि बैंक, जनता बैंक र मेगा बैंक रहेका छन् । 
प्रभु बैंक
प्रभु बैंकका हाल १८ वटा बचत खाताहरु सञ्चालनमा रहेका छन् । बैंकको मुद्धति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत रहेको छ । सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार बैंकको बचततर्फ सबैभन्दा बढी ५ प्रतिशत र सबैभन्दा थोरै ३ प्रतिशत छ । असार मसान्तसम्म बैंकको आधार मूल्य ९.३६ प्रतिशत रहेको छ । बैंकबाट सेयर धितोकर्जा, ओभर ड्राफ्ट, अटो, होमलगायतका लोन लिँदा १४.३६ प्रतिशत ब्याज लाग्नेछ । 
एनएमबि बैंक
एनएमबी बैंकले ३५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकको मुद्दति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत रहेको छ । बचततर्फ ६.५० प्रतिशत छ । सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार बचत खातामा सबैभन्दा बढी ब्याज ६.५० प्रतिशत छ भने सबैभन्दा कम ०.२५ प्रतिशत रहेको छ । यस्तै बैंकबाट कर्जा लिँदा भने १८.२ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । बैंकबाट होम लोन, अटो लोन, एजुकेशन लोन, मोटरबाइक लोन, सेयर धितो लोन लिँदा १८.२ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । 
जनता बैंक
जनता बैंकले २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकको मुद्धति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत रहेको छ । त्यस्तै बचततर्फ सबैभन्दा बढी ६.५० र कम ५ प्रतिशत छ । बैंकको कर्जातर्फ सबैभन्दा बढी ब्याज १५.९५ प्रतिशत रहेको छ । बैंकबाट रियल स्टेट, कृषि, होउजिङ, अटो, एजुकेशन, सेयर धितो लगायतका कर्जा लिँदा १५.९५ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । बैंकको असार मसान्तसम्मको आधार दर ९.९५ प्रतिशत छ । 
मेगा बैंक
मेगा बैंकले पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकको हाल २९ वटा बचत खाता सञ्चालनमा छन् । बैंकको मुद्धति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत छ । त्यस्तै बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम ०.५० प्रतिशतसम्म छ । बैंकबाट कर्जा लिँदा १६.०५ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकबाट ओभरड्राफ्ट, टर्म, हाउजिङ, एजुकेशन, अटो लोन लिँदा १६.०५ प्रतिशत ब्याज लाग्नेछ । यस्तै गोल्ड लोनमा १४.५५, सेयर धितोकर्ता लिँदा १४.५५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको भदौ मसान्तसम्मको बैंकको आधार दर १०.०५ प्रतिशत छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: