काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई १६% प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
यस्तै बैंकले बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ % नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।