
काठमाडौं – भिजन सेक्युरिटिज (ब्रोकर नं.३४) ले पनि मार्जिन कारोबार सेवाको सुरुवात गरेको छ । काठमाण्डौको अनामनगरमा कार्यालय रहेको यस कम्पनिको गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार कम्पनीले आइतबारदेखि मार्जिन कारोबार सेवाको सुरुवात गरेको हो ।
ब्रोकरमार्फत नै मार्जिन सेवा पाएपछि लगानीकर्तालाई सेयर खरिद गर्न सहज हुनेछ भने मार्जिन सेवा लिने ग्राहकले ब्रोकरको कार्यालयमा सम्पर्क गरी नयाँ केवाइसी भरेर क्लाइन्ट कोड लिनुपर्नेछ । मार्जिन सेवा लिएर खरिद गरिएको सेयर बेग्लै डिम्याट खातामा जम्मा हुनेछ ।
यसअघि क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज (५० नम्बर) ले दशैंअघि नै मार्जिन सेवा सुरु गरेको थियो । नेप्सेले अहिले २१ ब्रोकर कम्पनीमार्फत सूचीकृत ३३ कम्पनीमा मार्जिन ऋण प्रवाह गर्न सकिने बताएको छ । मार्जिन कारोबार सेवा सञ्चालनको अनुमति पाएका २१ ब्रोकर कम्पनीमध्ये बाँकी रहेका १९ वटा कम्पनीले पनि निकट भविष्यमै यो सेवा सञ्चालनको गृहकार्य थालिसकेका छन् ।
गत असोज १ गते नेपाल धितोपत्र बोर्डबाट सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली–७६’ (पाँचौँ संशोधन २०७६) संशोधन भएपछि ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सेवा सञ्चालन गर्न निर्देशन दिइएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्