×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिओकेमा अजय श्रेष्ठसँगै काम गरेका मनोज पौड्यालको यस्तो बयान, दिए इमान्दारिता र प्रोफेसनल कामको उदाहरण (भिडियो)

काठमाडौँ । नक्कली कागजपत्रका आधारमा ऋण दिएको अभियोगमा बैंक अफ काठमाण्डूका तत्कालीन सीइओ अजय श्रेष्ठ अहिले पुर्पक्षका लागि थुनामा छन् । बैंकिङ क्षेत्रमा निकै सोझा व्यक्तिका रुपमा परिचित उनलाई प्रहरीले पक्राउ गरेसँगै अन्य बैंकका बैंकरहरु पनि त्राहिमाम् त बनेका छन् नै, आफ्नो प्रत्यक्ष संलग्नता नरहेको केसमा पक्राउ पर्ने डरले बैंकरहरु आत्तिएका हुन् ।
अजय श्रेष्ठले यो किर्ते काण्डमा आफुले सीआइबीलाई सहयोग गर्ने बताईरहेका थिए । त्यहि बेला सीआइबीबाट उनलाई चिया खान र केहि कुरा गर्न भनेर बोलाइयो । तर सीआइबीले उनलाई चिया खान बोलाएर गिरफ्तार गर्यो । यो कुरा बाहिर आएपछि बैंकर्स संघ र नेपाल राष्ट्र बैंकले पनि प्रहरीलाई उनलाई पक्राउ नगरी अनुसन्धान गर्न आग्रह गर्यो तर प्रहरीले मानेन । कुरा अर्थमन्त्रीसम्म पुगिसकेको थियो । तर सीआइबीले कसैलाई टेरेन । र अहिले पनि अजय श्रेष्ठ प्रहरी हिरासतमा छन् ।
श्रेष्ठलाई चिन्ने अधिकांस भन्छन्, ‘उनी आँखामा राखेपनि नबिझाउने खालका थिए । रिस्क मिनिमाइजेसनमा उनको ठुलो विज्ञता छ । सधैं सादा जीवनमा रमाउथे । नेपाल राष्ट्र बैंक र बैंकर्स संघका अधिकांसले पनि उनलाई निकै भलादमी बैंकर हुन् । त्यहि भएर पनि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आवश्यक अनुसन्धान गर्न अजयले सघाउने भन्दै बाहिरै राखेर बयान लिन आग्रह गरेका थिए ।
उनीसँगै काम गरेका बैंकर मनोज पौड्यालले अजय श्रेष्ठ यसरी आरोप लगाईएजस्तो गलत काम गर्ने मान्छे नभएको दाबी गर्छन् । बिओकेमा झन्डै ७ बर्ष काम गरेका पौड्यालसँग श्रेष्ठसँग काम गर्दाका थुप्रै यस्ता सम्झनाहरु छन् जसले उनी गलत काम गर्ने मान्छे होइनन् भन्ने दाबी गर्ने ठाउँहरु छन् । हेरौं उनीसँगको कुराकानीका आधारमा बनाइएको यो भिडियो :  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: