×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रालयमा फोन: ‘सिरहाबाट बोल्दैछु, वाणिज्य बैङ्कको एटीएम ह्याक गरिसकें…’ (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गृहमन्त्रालयमा फोन: ‘सिरहाबाट बोल्दैछु, वाणिज्य बैङ्कको एटीएम ह्याक गरिसकें…’ (भिडियो रिपोर्ट)

२४ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विहिवार दिन । करिव ३ बजेको हुँदो हो, गृहमन्त्रालयमा एक युवकको फोन आयो । फोनमा उनले भने, ‘ म सिरहाबाट बोल्दैछु । मैले वाणिज्य बैंकको एटिएम ह्याक गरिसकेँ।’ एकाएक मन्त्रालयमा यस्तो फोन आएपछि फोन उठाउने कर्मचारीले तत्काल यसबारे गृहसचिव प्रेमकुमार राइलाई जानकारी गराए। एकाएक आएको यस्तो फोनले मन्त्रालयका कर्मचारीलाई झास्काउनु पनि स्वाभाविक थियो । केहि समय अगाडीमात्र विभिन्न बैंकका एटिएम ह्याक भएको काण्ड सुनेका, पढेका उनीहरुले यस विषयमा खोजी गरिहाले । गृहसचिव राइले आइजीपी सर्वेन्द्र खनाललाई घटनाबारे जानकारी दिए । 
त्यसपछि आईजीपी खनालले महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापालाई घटनाबारे जानकारी दिए र उनलाई कुनै हालतमा पक्रन आदेश दिए । फोन नम्बर ट्रयाक गर्दै महाशाखाको टोलीले अन्तत: ती व्यक्तिलाई सिरहाको कल्याणपुरबाट पक्राउ गर्यो । अनुसन्धानको क्रममा ठाकुर अर्धपागल रहेको प्रहरीको ठम्याई रह्यो। 
यसरी थाहा भयो, ‘उनी अर्ध-पागल’
प्रहरीले उनलाई सोधपुछ गर्यो । सोधपुछका क्रममा उनले ‘आफुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर कुरा गरेको, भारतको सर्वोच्च अदालतलमा समेत फोन गरेर नेपालका बैङ्कका एटीएम ह्याक गर्न लागेको बताएको, बंगलादेशको प्लेनसमेत ह्याक गरेको’ जस्ता कुराहरु गरेपछि प्रहरी ति युवक अर्धपागल भएको निष्कर्षमा पुग्यो । प्रहरीले ठाकुर मानसिक सन्तुलन गुमेको व्यक्ति भएको भन्दै स्वास्थ परीक्षण गराउने जनाएको छ । प्रहरीका अनुसार उनले ७ वटा सिमकार्ड प्रयोग गरिरहेका छन् । उनका ७ वटै मोबाइल पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: