
काठमाडौँ – कैलालीको धनगढीमा घरमै जुवातास खेलाइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीकै टोलीले घरबेटीसहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका ३ विशालनगरबाट घरबेटी तारा चन्द, सोही ठाउँका गणेशबहादुर साउँद, नरबहादुर ऐर, खगेन्द्र रावत, वडानम्बर ४ का हरिसिंह बोहरा, ५ का प्रकाश भाट र कृष्णपुर नगरपालिका ८ कंचनपुरका गिरिराज पाण्डेय रहेको छन् ।
उनीहरुका साथबाट नगद ८८ हजार ४०५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए। पक्राउ परेका सातै जनालाई जुवा ऐनअनुसार कारवाही गरिने पनि डीएसपी बस्नेतले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्