×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा ८८ हजार नगदसहित ७ जुवाडे पक्राउ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धनगढीमा ८८ हजार नगदसहित ७ जुवाडे पक्राउ !

Artha Sarokar

२८ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कैलालीको धनगढीमा घरमै जुवातास खेलाइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीकै टोलीले घरबेटीसहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका ३ विशालनगरबाट घरबेटी तारा चन्द, सोही ठाउँका गणेशबहादुर साउँद, नरबहादुर ऐर, खगेन्द्र रावत, वडानम्बर ४ का हरिसिंह बोहरा, ५ का प्रकाश भाट र कृष्णपुर नगरपालिका ८ कंचनपुरका गिरिराज पाण्डेय रहेको छन् । 
उनीहरुका साथबाट नगद ८८ हजार ४०५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए। पक्राउ परेका सातै जनालाई जुवा ऐनअनुसार कारवाही गरिने पनि डीएसपी बस्नेतले बताए।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी