धनुषा । सहयोगी विकास बैंकका पूर्व संचालक दिपु भनिने दिपेन्द्र यादव जालसाजी तथा ठगी मुद्दामा पक्राउ परेका छन्। तत्कालीन नेकपा एमोलेबाट धनुषाको क्षेत्र ३ ‘क’बाट प्रदेश सांसदको उम्मेदवारसमेत भएका उनी जनकपुरधाम उपमहानगरपालिका ८ बाट पक्राउ परेका हुन् ।
दिपुमाथि पीडितले केहि बर्ष अगाडी मुद्दा दर्ता गराएका थिए । बैंकका संचालक नै यसरी ठगी काण्डमा परेको खबर सार्वजनिक भएपछि उनले बैंकबाट राजीनामा दिएका थिए । उक्त मुद्दामा जिल्ला अदालत धनुषाले २ महिनाअगाडि दिपुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी लुकेर बस्दै आएका थिए ।